ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

समाचार

रूपन्देही, २७ मंसिर । लुम्बिनी साँस्कृतिक नगरपालिका–६ लोखडियामा लु.१ ख ७४८० नम्बरको ट्रकले र लु.७२ प ३५३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।

सोमबार साँझ दुर्घटना हुँदा चालक मायादेवी गाउँपालिका–४ सुण्डी बस्ने २० वर्षीय रामकरण मुराउको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ