ब्राउनसुगरसहित दुई जना पक्राउ

समाचार

बर्दिया, २८ मंसिर । अवैध लागूऔषध ब्राउनसुगरसहित जिल्लाको बढैयाताल गाउँपालिकाबाट दुई जना पक्राउ परेका छन् ।

बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम सहित सोही गाउँपालिका–१ डाँफे बस्ने १६ वर्षीय किशोर समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

साइकलमा आउँदै गरेका उनीहरुलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ