जनकपुरधाम, २८ मंसिर । नेपाल पिछडावर्ग (ओबीसी) महासंघ मधेश प्रदेश कार्यसमितिको कार्यालय एक कार्यक्रमको बीच मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले उद्घाटन गरेका छन् ।
नेपाल पिछडावर्ग (ओबीसी) महासंघलाई अधिकार सम्पन्न बनाउन, विभिन्न समयमा भएको सरकारसँग सम्झौता कार्यान्वयन गराउन, पिछडावर्गको मागहरू पूरा गराउन मेरो पनि सहयोग, समर्थन रहने साथै म आफै यसै वर्ग भित्र पर्ने भएकोले सक्रिय सहभागिता रहने मन्त्री साहले बताएका हुन् ।
नेपाल पिछडावर्ग (ओबीसी) महासंघ २०५५ सालमा स्थापना भई पिछडावर्ग भित्र पर्ने जातजातिहरुको हकअधिकारका लागि लडाई गर्दै केही अधिकार प्राप्त भएको, केहि अधिकारको लागि सरकारसँग सम्झौता भएको र धेरै अधिकारहरु बाँकी रहेकोले सशक्त रुपमा दबाब, वकालत, पैरबी एवं आन्दोलनमार्फत अधिकार सम्पन्न पिछडावर्ग बनाउनु पर्ने केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुरले बताए ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ मिल्स एरियामा नेपाल पिछडावर्ग (ओबीसी) महासंघ मधेस प्रदेश कार्यसमितिको प्रदेश संयोजक शिव कुमार साहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा केन्द्रिय अध्यक्ष गजेन्द्र ठाकुर, रामचन्द्र महतो, राजेश्वर साह, उमेश ठाकुर, शत्रुधन साह, पुर्व वडा अध्यक्ष रामचन्द्र साह, बिनोद मण्डल लगायत ओबिसी कार्यकर्ता, पत्रकार एवं प्रहरी प्रशासनको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया