काठमाडौं, २८ मंसिर । नेपाल सरकारले ल्याएको अध्यादेशलाई तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले स्वागत गरेको छ ।
तमलोपाका अध्यक्ष वृषेश चन्द्र लालले बुधबार एक विज्ञप्ति जारी गरी सरकारले ल्याएको अध्यादेश स्वागतयोग्य रहेको बताएका हुन् ।
विभिन्न आन्दोलनका क्रममा आन्दोलनकारीहरुमाथि झुठा मुद्दाहरु फिर्ता लिने इमान्दार नियत हो भने ढिलै भएपनि सरकारले फौजदारी आचारसंहिता संशोधन गर्न अध्यादेश जारी गरी राजनीतिक प्रकृतिका मुद्दाहरु फिर्ता गर्ने गरेको निर्णय स्वागतयोग्य रहेको अध्यक्ष लालले भनेका छन् ।
‘टीकापुर घटनापछि आफूमाथि गरिएको अन्यायको विरोध गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका थारुहरुमाथि दमन गर्न र त्यसको निम्ति हिंसा फैलाउने षड्यन्त्र तहत भएको दुर्घटना पश्चात् राजनीतिक कारणले जेलमा कोंचिएका रेशम चौधरी लगायतका निर्दोश बन्दीहरुलाई गम्भीर प्रकृतिको अपराध गर्ने अपराधी देखाइ उक्त अध्यादेश जारी गर्नबाट रोक्न उठेका अभिव्यक्तिहरु नेपालको अभिन्न अंग मधेश र थरुहटका जनताप्रतिको औपनिवेशिक मानसिकताको बिम्ब हो । लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिनुको कारण पनि यही मानसिकता हो ।’ विज्ञप्तिमा भनिएको छ ।
प्रेस विज्ञप्तिः
तपाईको प्रतिक्रिया