इमरान खान, कपिलवस्तु, २९ मंसिर । झारफुक गरी उपचार गर्ने बहानामा जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् ।
बिरामी भएकी २७ वर्षीया एक महिलालाई गलत मनसाय राखी यहि मंसिर २० गते बेलुका अं. १० बजे समयमा कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर १० मेचकुरी डाडा स्थित कोरिया माईथान भन्ने स्थानमा लगी रातीको समयमा झारफुक गरेमा बिमारी ठिक हुन्छ भनी झुक्यानमा पारी झारफुक गर्ने निहुँमा जबरजस्ती करणी गरी फरार रहेका कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं. १० मेचकुरी बस्ने अं. २७ बर्षीय पप्पु हरिजन मंगलवार ईलाका प्रहरी कार्यालय पिपराको प्रहरीद्धारा पक्राउ परेका हुन् ।
पक्राउ परेका हरिजनले यसअघि पनि यस प्रकारका अपराधिक कार्य गरेको हुन सक्ने भन्ने सूचनाको आधारमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
यसप्रकार बिमार भएको मौका छोपी कोही कसैले रातीको समयमा झारफुक गर्ने बहानामा अपराधिक कार्य गर्न गराउन सक्ने हुनाले सो तर्फ सचेत रहन जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सर्वसाधारणलाई अनुरोध समेत गरेको छ ।
तपाईको प्रतिक्रिया