इपिडिमियोलोजी रिपोर्टमा एकरुपता हुनुपर्ने

समाचार

मणि प्रसाद गैह्रे, कपिलवस्तु, २९ मंसिर । पशुपंक्षीहरुमा लाग्ने रोगहरुको तथ्यांक संकलन र प्रेषण गर्दा विभिन्न तहहरुसँग समन्वय गरि रिपोर्ट तयार पानुपर्ने पशुपंक्षीका क्षेत्रमा काम गर्ने विज्ञहरुले बताएका छन् ।

पछिल्लो समयमा संघीयता आएपछि इपिडिमियोलोजी रिपोर्ट एक ठाउँबाट अर्को ठाउँमा नजाने तथा तथ्यांकमा समेत समस्या पर्ने काम भएकोले त्यसलाई व्यवस्थित गर्नुपर्ने विज्ञहरुले बताएका छन् ।

पशु सेवा विभाग पशुपक्षीं रोग अन्वेषण तथा रोग नियन्त्रण महाशाखाले तौलिहवामा राखेको स्थानीय तह र विज्ञ केन्द्रलाई इपिडिमियोलोजी रिपोर्ट फर्मेट सम्बन्धी अभिमुखीकरण कार्यक्रममा यस्तो धारण आएको थियो ।

कार्यक्रममा बोल्दै पशु सेवा विभागका वरिष्ठ पशु चिकिस्सक मुकुल उपाध्यायले संघीयताको कार्यान्वयनसँगै इपिडिमियोलोजी रिपोर्टमा एकरुपता हुनुपर्ने जोड दिए ।

त्यसका लागि प्रदेश र स्थानीय तह संग सहकार्य गरि रोगहरुको प्रतिवेदन तयार पारि तथ्यांकका आधारमा रोग नियन्त्रण र अन्वेषण गर्ने काम भएको बताए ।

कार्यक्रममा जिल्ला समन्यव समितिका संयोजक बाबुराम आर्चायले घरपालुवा तथा जंगली जनावरहरुको क्षेत्रमा काम गर्ने भेटेरिनरी प्राविधिकहरुको मेहनतले कृषि तथा पशु क्षेत्रको विकासमा योगदान रहेको चर्चा गर्दै थप यस क्षेत्रलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।

त्यस्तै लुम्बिनी प्रदेशका पशुपन्क्षीं निर्देशानलयका निर्देशक डां. प्रवेज आलमले प्राविधक रुपमा तल्लो तहवाट नै इपिडिमियालोजि रिपोर्ट सही रुपमा आउनु पर्ने बताए । त्यसका लागि प्रदेशले जिल्ला र पालिकामा सहजिकरण गरेको बताए ।

कार्यक्रममा लुम्विनी प्रदेश खाघ प्रविधि तथा कृषि मन्त्रालयका पशु चिकिस्सक लोकराज भुषाल , पशु सेवा विभागकी डा. बर्षा थापा लगायतले इपिडिमियालोजि रिपोर्ट तयार र प्रेषण सम्वन्धमा जानकारी दिएका थिए ।

कार्यक्रममा १० पालिकाका पशु सेवा शाखाका प्राविधिक र भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तौलिहवाका प्राविधिकहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ