जनकपुधारम, २९ मंसिर । जनकपुरधाम उपमहानगरपालिका वडा नं.२३ (बिन्धी) को कार्यालयमा युवाहरुले तालाबन्दी गरेका छन् ।
वडाअध्यक्ष राघबेन्द्र साह बिना कुनै सूचना करिब एक महिनादेखि वडा कार्यालय आउन छाडेका छन् । जसकारण वडाबासीहरुको काम, काज र अत्यावश्यक सिफारिसहरु रोकिएका छन् ।
महिनौंदेखि वडाध्यक्ष नै कार्यालय नआएपछि आक्रोशित युवहरुको एक समूहले बिहीबार तालाबन्दी गरेका हुन् ।
वडाध्यक्ष कार्यालय नआउँदा विद्यार्थीहरुसमेत एकदमै मारका परेपछि बाध्यतावस युवाहरु तालाबन्दीमा उत्रिनुपरेको युवा नेता रन्जित निष्पक्षले बताएका छन् ।
निष्पक्षका अनुसार वडाअध्यक्ष आज आउँछ, भोलि आउँछ भन्ने आशमा बसेका तर निराशावादी बन्दै वडाबासी वार्ड अध्यक्ष सम्पर्कविहिन भएपछि अन्त्यमा यूवाहरु मिली तालाबन्दी गरेका हुन् ।
वडाध्यक्ष कार्यालयमा नआउन्ंजेल तालाबन्दी जारी रहने उनले बताए । वडा कार्यालय बाहिर आफ्नो फेक फोन नंबर टाँसी सम्पूर्ण जनतालाई गुमराह मात्र गरेको गुनासो वडावासीको छ ।
वडाध्यक्ष साह स्वतन्त्र उम्मेद्वार भई निर्वाचित भएका हुन् ।
तपाईको प्रतिक्रिया