ट्याक्टरले किचेर कामदारको मृत्यु

समाचार

सिरहा, २९ मंसिर । गोलबजार नगरपालिका–५ स्थित सडक प्र.१–०२–००३ त २१०३ नम्बरको ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ ।

सोही ट्याक्टरमा काम गर्ने धनगढीमाई नगरपालिका–७ कसहा बस्ने १५ वर्षीय जय प्रकाश महतोको बिहीबार दिउँसो मृत्यु भएको छ ।

माटो मुछ्ने मिशिन जडान गरेका ट्याक्टर पछाडिको चक्काले किच्दा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मत्यु भएको हो ।

हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ