धनुषा, २९ मंसिर । मिथिला बिहारी नगरपालिका–५ ललिया बस्ने ३५ वर्षीया कालो देवी साहको धान कुट्ने मिलको फितामा बेरिएर बिहीबार बिहान मृत्यु भएको छ ।
धान कुटाउने क्रममा मिलको फितामा साडी र बर्को बेरिन गई मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनुषाधाम र प्रहरी चौकी ललियाबाट खटिएको प्रहरीले हाल फरार धान कुट्ने मिलको व्यक्तिहरूको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया