मधेशी आयोगले किन हटायो मुस्लिम र थारुलाई मधेशीको सुचीबाट ?

समाचार

काठमाडौं, १ पुस । मधेशी आयोगले मुस्लिम र थारुलाई मधेशीको सूचीबाट हटाएको छ ।

मधेशी आयोगद्वारा गरिएको “नेपालमा मधेशी समुदायको थर सूचीकरण–२०७८“ को उपसमूह–१ मा रहेको थारु र २ मा रहेको मुस्लिमलाई हटाएको छ ।

मधेशी आयोगले मुस्लिम र थारुलाई मधेशीको सूची बाट हटाएको कुरा अहिले नेपाल भरी सामाजिक संजालमा चर्चाको विषय बनेको छ ।

मधेशी आयोगको उपसचिव सबिता डंगोलले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै “मधेशी आयोगले थारु र मुस्लिम आयोगका अध्यक्ष सहितको पदाधिकारीहरुले सार्वजानिक रुपमा थारु र मुस्लिम समुदायको अलगै पहिचान र सभ्यता रहेको र सो मधेशी समुदाय संग मेल नखाने भएकोले गर्दा मधेशीको सूचीमा राख्नु गलत कदम भएकोले र मधेशीको सुचीबाट हटाउन प्रेस विज्ञप्ति निकालेकोले“ यस्तो निर्णय गरेको र यसमा मधेशी आयोगको विरोध गर्नुपर्ने कुनै तर्क नरहेको जानकारी दिएकी छन् ।

थारु र मुस्लिम आयोग संगै थारु साहित्य समाज, थारु कल्याणकारिणी सभा लगायात दर्जनौ संघ–संस्थाहरुले मधेशी आयोगमा थारु र मुस्लिमलाई मधेशीको सुचीबाट हटाउन निवेदन दिएको आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले जानकारी दिएका छन् ।

आयोगका अध्यक्ष डा.दत्तका अनुसार सरोकारवाला संवैधानिक आयोगहरुले नै हामी मधेशी होइनौ भनेपछि मधेशी आयोगले सो निर्णय गरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ