कपिलवस्तु, १ पुस । शुद्धोधन गाउँपालिकाका ६ सय विपन्न वर्गमा नागरिलाई सिप तथा साम्रगी मार्फत आयआर्जन तर्फको व्यवसायमा लगिएको छ ।
इस्लामिक रिलिफको सहयोगमा लुम्विनी एकिकृत विकास संस्था (लिडो नेपाल ) ले जिविकोपार्जन सहयोग कार्यक्रम मार्फत यस्तो सहयोग उपलब्ध गराएको हो ।
संस्थाको कार्यालय तौलिहवामा आयोजित समिक्षा बैठकमा बाख्रापालन व्यवसायमा २ सय ९१ ,तरकारी खेती तर्फ १५ सिचाई तर्फ १सय ७८ सिलाई कटाइ तर्फ २,शैलुन पसल तर्फ९,मासु पसल ४,साइकल पसल तर्फ ५,कास्मेटिक पसल तर्फ ५,नास्ता पसल ५, किराना पसल ८१ र कपडा पसल तर्फ १ गरि ६ सय जनालाई लाभान्नित गराइएको लिडोकी कार्यकारी निर्देशक सुनिता बेल्बासेले बताइन् ।
प्रति व्यवसाय गर्नेलाई आवश्यकताको आधारमा वडा कार्यालय तथा पालिकाको समन्वयमा ६० हजार बराबरको साम्रागी तथा सिप मार्फत परिचालन गरिएको सस्ंथाका अध्यक्ष अतहर कमालले बताए । ८० प्रतिशत गरिव मुस्लिम वर्ग र २० प्रतिशत अन्य जातिलाई लक्षित गरि कार्यक्रम संचालन गरिएको समेत अध्यक्ष कमालले बताए ।
सो अवसरमा शुद्धोधन गाउंपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले गरिव तथा विपन्न वर्गलाई आयआजर्न मार्फत उद्यमी र स्वरोजगार बनाउने कार्यमा गाउंपालिकाले हातेमालो गर्ने बताए ।
साथै संस्थलाई अपागता भएका र असायहरुको लागि पनि सहयोग गर्नुपर्ने बताए । कार्य्रकममा गाउंपालिकाका ६ वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत ऋषिदेव अर्याल, संस्थाका सचिव मोहरत कुर्मी लगायतको सहभागिता रहेको थियो ।
संस्थाले बाख्रा वितरण, तरकारी खेती सिंचाईको लागि पम्पसेट वितरण, विभिन्न पसल संचालनका लागि साम्रगी खरिद गरि वितरण गर्नुका साथै सम्वन्धीत क्षेत्रमा व्यवसायीक तालिम समेत प्रदान गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया