जनकपुरधाम, २ पुस । तराईमधेशका जिल्लाहरूमा शीतलहर सुरु भएको छ । बाक्लो हुस्सुसँगै पश्चिम दिशाबाट चलेको वायुका कारणले शीतलहर शुरु भएको छ ।
बिहान अत्यधिक मात्रामा हुस्सु लागेका कारण सवारी साधन चलाउनमा समस्या उत्पन्न भएको छ । बिहान सडक हेर्नमा पनि समस्या भएको चालकहरूले जनाएको छ ।
चिसोका कारणले धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी सहितका जिल्लाको जनजीवन प्रभावित हुन थालेको छ । चिसो बढेसँगै रुघा, कोकी जस्ता समस्याहरू बढ्न थालेको छ ।
चिसोका कारणले पीडित भएर स्वास्थ्य संस्थाहरूमा उपचार गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ । चिसो बढेसँगै वृद्ध, वृद्धा तथा अशक्तहरू पीडित हुन थालेको छ । अत्यधिक हुस्सुका कारणले विमान सेवा पनि आंशिक रुपमा प्रभावित हुन थालेको छ ।
तपाईको प्रतिक्रिया