रौतहट, २ पुस । बागमती नदीको किनारमा हराइरहेका एक ९ वर्षीय बालकको शव फेला परेको छ ।
माधव नारायण नगरपालिका–८ पिपरारज्वाडा बस्ने जयकिशोर प्रसाद कुश्वाहाको छोरा ९ वर्षीय आश नारायण प्रसाद कुश्वाहा सोही ठाउँस्थित बागमती नदीको किनारमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
मंसिर २५ गते दिउँसो घरबाट निस्की हिँडेकोमा घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त नदीको किनारामा उनको शव फेला परेको हो ।
तपाईको प्रतिक्रिया