करेन्ट लागेर युवकको मृत्यु

समाचार

नवलपारासी (पूर्व), २ पुस । बौद्दीकाली गाउँपालिका–२ भुलाड बस्ने ३० वर्षीय सुरेश श्रेष्ठको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँस्थित खहरेटोल बस्ने छबिलाल ओझाको घरमा रेलिङ राख्ने क्रममा सुरेशको हातमा रहेको रेलिङले हाईटेन्सनको तारमा छुँदा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।

बिपि कोईराला अस्पताल दुलेगौडा तनहुँमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ