कैलालीमा २ किलो चरेससहित २ जना पक्राउ

समाचार

कैलाली, ३ पुस । धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकबाट अवैध लागूऔषध चरेस २ किलोग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार साँझ पक्राउ पर्नेहरूमा बझाङ खप्तडछान्ना गाउँपालिका–३ घर भएका १९ वर्षीय क्षितिज रावल र छविस पाथीभेरा गाउँपालिका–२ बस्ने ३६ वर्षीय जक्सन रोकाया रहेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा रावलको साथबाट १ किलो २ सय ग्राम र रोकायाको साथबाट ८ सय ग्राम उक्त चरेस फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ