अवैध रूपमा ल्याउँदै गरेको विभिन्न औषधि तथा कपडा बरामद

समाचार

मोरङ, ३ पुस । विराटनगर महानगरपालिका–१६ विराटनगर जुट मिल नजिकबाट करिब १२ लाख ३ हजार ४ सय २० रूपैयाँ बराबरको आँखाको लेन्स लगायतका विभिन्न अवैध औषधि तथा कपडाहरू प्रहरीले बरामद गरेको छ ।

अपरिचित व्यक्तिहरूले भारतबाट नेपालतर्फ अवैध रूपमा लुकाई छिपाई बोरामा ल्याउँदै गरेको उक्त सामानहरू ईलाका प्रहरी कार्यालय रानी र ईलाका प्रहरी कार्यालय रानी (सिमा)बाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ सोही स्थानमा छाडी फरार भएपछि प्रहरीले बरामद गरेको हो ।

हाल फरार अपरिचित व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ