काठमाडौं, ३ पुस । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दाबी पेस गर्न आह्वान गरेकी छन् ।
राष्ट्रपति भण्डारीले आइतबार एक विज्ञप्ति जारी गरी संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न पुस १० गते साँझ ५ बजेसम्मकोसमय दिएकी हुन् ।
संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दावी गर्न सक्ने छ ।
तपाईको प्रतिक्रिया