धनुषा, ३ पुस । मिथिला नगरपालिका–५ श्रीपुरस्थित सडकमा ना.६ ख ८४२४ नम्बरको बसले ज.१२ प १४९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–१ भुतही पटेर्वा बस्ने ६० वर्षीय चन्द्र दिप यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ढल्केबर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको काब्या अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया