डा.राउत दलको नेतामा सर्वसम्मत चयन

समाचार

जनकपुरधाम, ४ पुस । राष्ट्रिय दलको मान्यता पाएको जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा.सीके राउत सर्वसम्मत चयन भएका छन् ।

काठमाडौंको बुद्धनगरस्थित केन्द्रीय सम्पर्क कार्यालयमा बसेको सांसदहरूको बैठकले डा.राउतलाई सर्बसम्मत दलको नेतामा चयन गरेको जनमतका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य अब्दुल खानले जनाएका हुन् ।

यसैगरी, दलको उपनेता र प्रमुख सचेतक चयन गर्न जनमत बैठक बसिरहेको उपाध्यक्ष खानले बताए ।

प्रतिनिधिसभामा डा.राउत सप्तरी २ बाट प्रत्यक्ष निर्वाचित भएका छन् भने समानुपातिकतर्फ ५ गरी ६ सांसद छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ