रास्वपाको दलको नेतामा रवि चयन

समाचार

काठमाडौं, ४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन् ।

सोमबार बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेता चयन गरेको हो ।

दलको उपनेता, प्रमुख सचेतक र सचेतक चयन गर्न बोलाइएको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले टुंगो लगाउने छ ।

प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिटसहित २० सिट जितेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ