जबरजस्ती करणी गर्ने पक्राउ

समाचार

मोरङ, ४ पुस । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

सुन्दरहरैचा नगरपालिका–४ बस्ने २० वर्षीय सचिन तिमलसिना र सोही नगरपालिका–६ बस्ने २१ वर्षीय प्रताप तामाङलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले ती किशोरीलाई सुन्दरहरैचा नगरपालिका–७ बेलगाछिस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

साथै उक्त घटनामा संलग्न अन्य २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ