रूपन्देही, ४ पुस । लागूऔषध मुद्दाका फरार प्रतिवादी कञ्चन गाँउपालिका–४ बस्ने २६ वर्षीय नारायण बस्याललाई प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत बुटवल तुल्सीपुर दाङको २०७४ भदौ २१ गतेको फैसलाले लागूऔषध मुद्दामा ५ वर्ष कैद र ५ हजार जरिवाना ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय सालझण्डीबाटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत रुपन्देहीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि करागार चलान गरिएको छ ।
तपाईको प्रतिक्रिया