मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

समाचार

कपिलवस्तु, ४ पुस । माँयादेवी गाउँपालिका–५ अड्कोनियास्थित सडकमा यूपी ५५ आर ८५३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार राति दुर्घटना हुँदा चालक माँयादेवी गाउँपालिका–५ महादेव स्थान बस्ने ३० वर्षीय लवकुश यादवको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ