करेन्ट लागेर एकको मृत्यु

समाचार

कैलाली, ४ पुस । धनगढी उपमहानगरपालिका–३ स्थित लाली गुराँस होटलमा काम गर्ने सोही ठाउँ एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ ।

२२ वर्षीय महेश भारतीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको हो ।

विद्युतको तारमा अड्किएको बेलुनलाई फलामको रडले निकाल्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ