रुपन्देही, ४ पुस । मङ्सिर २३ गतेदेखि पुस ४ गतेसम्म भैरहवामा आयोजित लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ सम्पन्न भएको छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही र नेपाल उद्योग वाणिज्य महासङ्घ काठमाडौँको आयोजनामा लुम्बिनी राष्ट्रिय महोत्सव भएको थियो ।
समापन समारोहमा प्रमुख अतिथिको मन्तव्य राख्दै उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष पशुपति मुरारकाले उद्योगीहरू पुसको ब्याज र किस्ता तिर्न नसक्ने अवस्थामा भएको बताएका छन् ।
वर्तमान समयमा उद्योगी व्यवसायीलाई राज्यले निकास दिनुपर्ने उद्योगी मुरारकाले बताएका हुन् ।
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपाने, महासचिव विजय पाण्डे, लुम्बिनी विकास कोषका उपाध्यक्ष अबधेश कुमार त्रिपाठी लगायतले मन्तव्य राखेका थिए ।
तपाईको प्रतिक्रिया