काठमाडौं, ५ पुस । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा भिड्ने भएका छन् ।
थापाले देउवाविरुद्ध दलको नेताका लागि उम्मेदवारी दिने भएका हुन् । डा.शेखर कोइराला र थापा पक्षबीच छलफल भएको छलफलमा थापाले दलको नेताका लागि उम्मेद्वारी सहमति भएको हो ।
सो छलफलमा थापा संसदीय दलको नेताको उम्मेदवार बन्ने र कोइराला प्रस्तावक बन्ने सहमति भएको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।
कांग्रेस संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । बुधबार बिहान ८ बजेदेखि निर्वाचन हुनेछ ।
थापाले निर्वाचन अगाडि नै आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका थिए । निर्वाचन लगत्तै उनले संसदीय दलको निर्वाचनको तयारी थालेका थिए । तर कोइरालाले पनि दलको नेताको आकांक्षा देखाउँदै आफूलाई सघाउन थापालाई आग्रह गरेपछि उनीहरुबीच समझदारी जुट्न सकेको थिएन ।
संसदीय दलको नेता पार्टीको तर्फबाट प्रधानमन्त्री बन्ने भएकाले कांग्रेस नेताहरु रस्साकस्सीमा छन् ।
तपाईको प्रतिक्रिया