काठमाडौं, ६ पुस । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।
बुधबार भएको निर्वाचनमा महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै सभापति देउवा दलको नेतामा निर्वाचित भएका हुन् ।
देउवाले ६४ मत पाउँदा थापाले २५ मत पाए । संसदीय दलको नेता चयनका लागि प्रतिनिधिसभामा निर्वाचित ८९ जना सांसदहरुले मतदान गरेका थिए ।
सभापति देउवाको उम्मेदवारीको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का रहेका थिए ।
यसैगरी, महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावक नेता डा शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका थिए ।
तपाईको प्रतिक्रिया