काठमाडौं, ६ पुस । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा अध्यक्ष महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन् ।
बुधबार लोसपाको केन्द्रीय कार्यालयमा बसेको बैठकले अध्यक्ष ठाकुरलाई सम्मतरुपमा दलको नेतामा चयन गरेको हो ।
लोसपाले प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ ४ सिट प्राप्त गरेको छ भने ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन सकेन ।
जसपाबाट अलग्गिएर गठन भएको लोसपाले यसपटक राष्ट्रिय दलको मान्यता प्राप्त गरेको छैन ।
तपाईको प्रतिक्रिया