मोरङ, ६ पुस । केराबारी गाउँपालिका–९ बस्ने ४३ वर्षीय दुर्गा कुमार राईको कुटपिट गरी हत्या गरेको अभियोगमा लेटाङ नगरपालिका–१ बस्ने ३० वर्षीय साने भन्ने हस्त बहादुर लिम्बुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
सामान्य वादविवादमा लिम्बुले आइतबार दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएका राईको उपचारको लागि न्यूरो अस्पताल विराटनगर लगेको तर उपचार हुन नसकेपछि घर ल्याएकोमा मृत्यु भएको भएको थियो ।
ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न लिम्बुलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया