टिपरले अटोलाई ठक्कर दिँदा बालकको मृत्यु

समाचार

कैलाली, ६ पुस । गोदावरी नगरपालिका–६ लालपुरमा टिपरले अटोलाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।

सु.प. प्र. ०१००१ क २०२० नम्बरको टिपरले सु.प.प्र.०१००१ ह ४९१८ नम्बरको अटोलाई बुधबार बिहान ठक्कर दिँदा अटोमा सवार सोही नगरपालिका–७ हरैया बस्ने २९ वर्षीया पेन्टी ठकुल्लाको छोरा ४  वर्षीय भरत ठकुल्लाको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएकी पेन्टीलाई पदमा अस्पताल अत्तरिया हुँदै थप उपचारको लागि निसर्ग अस्पताल धनगढी पठाइएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनाको विषयमा लिएर पिडित पक्षका व्यक्तिहरूले सडक बन्द तथा ढुङ्गामुढा गरेकोमा नियमाअनुसार क्षतिपूर्ति दिने सहमतीमा सडक सुचारू भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ