कैलाली, ७ पुस । टीकापुर सामुदायिक पुस्तकालयका उत्कृष्ट पाठकलाई १० हजार पुरस्कार प्रदान गरिएको छ ।
महिनाभरि पुस्तकालयमा आइ अध्ययन गर्ने एक उत्कृष्ट पाठकलाई पुरस्कार दिने घोषणा अनुसार मङ्सिर महिनाको पाठकका रुपमा टीकापुर सरोकार समूहले पोलिटेकनिक इन्सिट्युटका विद्यार्थी उपेन्द्र चौधरीलाई पुरस्कार प्रदान गरेको हो ।
चौधरीलाई १० हजार नगद र सम्मान पत्रले पुरस्कृत गरिएको हो ।
टीकापुर सरोकार समूहले कैलालीको टीकापुर क्षेत्रमा पठन संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले यो अभियान थालेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया