बीआरआईसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

समाचार

काठमाडौं, ८ पुस । दक्षिण एसियाली क्षेत्रमा बीआरआईको प्रभावबारे काठमाडौंमा एकदिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

“नेपाल–चीन बीआरआई सम्झौताका सम्भावना र चुनौतीहरू” सम्बन्धी छलफल गर्न सामाजिक समावेशीकरण तथा सङ्घीयता केन्द्र (सीइएसआएफ)ले शुक्रबार ‘दक्षिण एशियामा भूराजनीति र बीआरआई’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन एभरेष्ट होटल, काठमाडौंमा आयोजना गरेको थियो ।

सम्मेलनले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई), यसका भूराजनीतिक असर, डरको डरका बारेमा छलफल गर्न पूर्वमन्त्री, विश्लेषक, शिक्षाविद्, कूटनीतिज्ञ,राजनीतिज्ञ, सरकारी अधिकारी, पत्रकार र दक्षिण एसियाली देशका विज्ञहरूको भेला गरेको थियो।

चीन र अन्य देश–विशेष सरोकारहरूवालाहरुको उपस्थिती रहेको कार्यक्रममा राजदूत विजयकान्त कर्णले विशिष्ट अतिथिहरुलाई सम्बोधन गर्दै स्वागत मन्तब्य राखेर गोष्ठी सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ