‘चीनले अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न आतुरता देखायो’

समाचार

काठमाडौं, ८ पुस । स्कुल अफ इन्टरनेशनल स्टडीजका डीन र भारतको जवाहरलाल नेहरू विश्वविद्यालयका चिनियाँ अध्ययनका प्राध्यापक प्रो. श्रीकान्त कोन्डापल्लीले चीनको बीआरआईबारे आफ्नो दृष्टिकोण राखेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित दक्षिण एसियाली क्षेत्रमा बीआरआईको प्रभावबारे अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो कार्यपत्रसमेत प्रस्तुत गरेका थिए ।

‘दक्षिण एसियामा बीआरआई परियोजनाहरू’ मा आफ्नो विचार प्रस्तुत गरे। दक्षिण एशिया र बाहिर कनेक्टिभिटीको आडमा ‘चीनले अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगरेको दाबी गर्दै आए पनि बारम्बार त्यसो गर्न आतुरता देखाएको छ’, उनले भनेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ