रौतहट, ८ पुस । माधवनारायण नगरपालिका–५ मिठुअवा बस्ने ५२ वर्षीया सितापती देबी साहलाई साढे दुई किलो गाँजासहित पक्राउ परेकी छन् ।
अवैध लागूऔषध गाँजा करिब २ किलो ५ सय ग्राम सहित बिहीबार दिउँसो प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनले आफनै घरमा लागूऔषध गाँजा लुकाई राखी बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यलय गरुडाबाट खटिएको प्रहरीले घर खानतलासी लिने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया