बाल्टिनको पानीमा डुबेर एक वर्षीय बालकको मृत्यु

समाचार

बाँके, ८ पुस । बाँकेमा बाल्टिनको पानीमा डुबेर एक वर्षीय बालकको मृत्यु भएको छ ।

बैजनाथ गाउँपालिका–३ सुतैया बस्ने कर्ण बहादुर चन्दको छोरा १ वर्षीय बिजयन्त चन्दको बाल्टिनको पानीमा डुबेर बिहीबार साँझ मृत्यु भएको छ ।

आफ्नै घरमा खेल्ने क्रममा पानी भरेको बाल्टीमा डुबेर अशक्त घाइते भएका उनको उपचारको लागि मेडिकल कलेज कोहलपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ