काठमाडौं, १० पुस । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूलाई दाबी पेस गर्न आह्वान गरेको समयसीमा सकिनै लाग्दा दलहरुबीच घनिभूत छलफल भइरहेको छ ।
राष्ट्रपति भण्डारीले दिएको एक साताको समयसीमा आज आइतबार साँझ ५ बजे सकिँदै छ ।
राष्ट्रपतिले प्रतिनिधि सभाका दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई प्रधानमन्त्री नियुक्तिका लागि गत शुक्रबार आह्वान गरेकी थिइन् ।
नयाँ सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको समयसीमा सकिन लाग्दा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरू आन्तरिक र बहुपक्षीय छलफलमा छन् ।
तपाईको प्रतिक्रिया