बालकोटमा जुट्यो सहमति, प्रचण्डको नेतृत्वमा नयाँ सरकार बन्ने

समाचार

काठमाडौं, १० पुस । नयाँ सरकार गठनका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले सहमति जुटाएको छ ।

बालकोट बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति गरेको हो ।

‘प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भयो, १६६ सांसदको समर्थन जुटेको छ’ बैठकमा सहभागी एक नेताले भने ।

प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद जोड्दा १६६ सांसद हुन्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ