कैलाली, १० पुस । धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहबाट नेपाली १ हजार दरको नक्कली नोट ४ थानसहित एक जना पक्राउ परेका छन् ।
चुरे गाउँपालिका–६ बस्ने ५५ वर्षीय लाल बहादुर साउदलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया