‘विराट एक्स्पो’ सम्पन्न, ३ लाख बढी दर्शकद्वारा अवलोकन

समाचार

मोरङ, ११ पुस । विराटनगरमा मंसिर २९ गतेदेखि जारी ‘विराट एक्स्पो’ आइतबार सम्पन्न भएको छ ।

एक्स्पोमा नेपाली र भारतीय गरी तीन लाख बढी दर्शकले अवलोकन गरेको आयोजक जनाएका छन् । एक्स्पोमा विभिन्न विधाका तीन सय ६१ स्टल राखिएका थिए ।

विराट एक्स्पो समापनका अवसरमा एक्स्पोका सहयोगीलाई प्रशंसापत्र वितरण गर्दै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले यस क्षेत्रका उद्योगीले निर्यातमूलक उद्योग स्थापना गरी रोजगारी सिर्जना र व्यापार घाटा कम गर्नुका साथै समृद्ध प्रदेश निर्माण गर्न सकिने धारणा राखेका छन् ।

मुख्यमन्त्री राईले एक्स्पोको माध्यमबाट प्रदेशका पर्यटकीयस्थलको प्रचारप्रसार भई आगामी दिनमा यस्ता कार्यक्रमले थप महत्व पाउने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ