नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई भारतीय प्रधानमन्त्रीको बधाई

समाचार

काठमाडौं, ११ पुस । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छिमेकी मित्रराष्ट्र भारत प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।

मोदीले सामाजिक सञ्जाल ट्विटरमार्फत नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा बधाई दिएका हुन् ।

मोदीले भारत र नेपालबीच अद्वितीय गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको न्यायो सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै यस खालको मित्रतालाई अझ मजबुत बनाउन आफू नेपालसँग मिलेर काम गर्न तत्पर रहेको बताएका छन् ।

मोदीले लेखेका छन्,, “सिएम प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा हार्दिक बधाई । भारत र नेपालबीचको अद्वितीय गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको न्यानो सम्बन्धमा आधारित छ । यो मित्रतालाई अझ मजबुत बनाउन म तपाईंसँग मिलेर काम गर्न तत्पर छु ।”

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ