काठमाडौं, ११ पुस । जनमत पार्टीका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य अब्दुल खान उद्योग, बाणिज्य तथा आपूर्ति बन्ने भएका छन् ।
प्रचण्ड नेतृत्वको सरकारमा जनमतका उपाध्यक्ष खान उद्योग मन्त्रालय सम्हाल्न लागेका हुन् । प्रधानमन्त्रीसहित केही मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ ग्रहण हुन लागेको छ ।
सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुको बैठकमा जनमत पार्टीले उद्योग मन्त्रालय लिने सहमति भएको हो ।
जनमत पार्टीले उद्योग वा कृषि मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको थियो । यसअघि पनि जनमतका अध्यक्ष डा.सीके राउतले आफूहरु उद्योग मन्त्रालय पाए रोजगारी सिर्जना तथा उद्योग कलकारखाना स्थापना गर्ने बताउँदै आएका छन् ।
जनमतका अध्यक्ष डा.राउत आफू सरकारमा नजाने निर्णय गरेका हुन् । जनमतबाट उपाध्यक्ष खानलाई सरकारमा पठाउने डा.राउतले जनाएका छन् ।
प्रतिनिधिसभामा जनमत पार्टीका ६ जना सांसद रहेका छन् ।
तपाईको प्रतिक्रिया