जनकपुरधाम, ११ पुस । मधेश प्रदेशका प्रदेशसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण शुक्रबार हुने सर्वदलीय सहमति भएको छ ।
सोमबार बसेको सर्वदलीय बैठकमा पुस १५ गते दिउँसो २ बजे नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहण हुने तय भएको हो ।
प्रदेशसभाको ज्येष्ठ सदस्य नेकपा एकीकृत समाजवादीका नवनिर्वाचित सांसद गोवीन्द बहादुर न्यौपानेले शपथ ग्रहण गराउने छन् ।
नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यले गराउने कानुनी व्यवस्था छ ।
तपाईको प्रतिक्रिया