विराटनगर, ११ पुस । प्रदेश नं. १ का नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
सोमबार प्रदेशसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले प्रदेशसभाका सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथ लिएपछि उनले प्रदेशसभा ९२ जना सदस्यहरुलाई शपथ गराएका हुन् ।
९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका १ जना प्रदेश सांसद छन् ।
तपाईको प्रतिक्रिया