नक्कली रुपैयाँ, बाघको हड्डी र जडीबुटीसहित पाँच जना पक्राउ

समाचार

धनगढी, १२ पुस । कैलालीमा एक लाख ४२ हजार नक्कली रुपैयाँ, बाघको हड्डी र जडीबुटीसहित पाँच जना पक्राउ परेका छन् ।

विशेष सुराकी पाएर खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका १३ स्थित एक घरमा लुकाइछिपाई राखेको अवस्थामा नेपाली रुपैयाँ एक हजार दरका एक सय ३८ थान र बसपार्कबाट ४ थान नक्कली नोटसहित गरि एक लाख ४२ हजार नक्कली रुपैयाँ, पाँच सय ३० ग्राम बाघको हड्डी, जडीबुटी, चेक लगायतका सामाग्री बरामद गरेको हो ।

ती सामाग्रीसहित कैलालीका लालबहादुर साउद, दार्चुलाका लिलाधर मिश्र, डोटीका करणसिंह धामी, मोहनसिंह बोहरा र टेकेन्द्र धामीलाई पक्राउ गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ