ब्राउनसुगरसहित दुई जना पक्राउ

समाचार

रूपन्देही, १२ पुस । सिद्धार्थनगर नगरपालिका–१ कोटहीमाई गल्लीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् ।

१ ग्राम १५ मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा रुपन्देही सिद्दार्थनगर नगरपालिका–१ वेलहिया बस्ने २२ वर्षीय साहदेव हरिजन र सोही ठाउँ बस्ने ३२ वर्षीय जगदिस हरिजन रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बेलहीयाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ५६ एस २०८९ नम्बरको मोटरसाइकललाई जाँच गर्न क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ