वीरगन्ज, १२ पुस । मोटरसाइकल चोरी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका–२६ ठेगाना भएका २० वर्षीय राम प्रवेश पटेल, २६ वर्षीय अशोक पटेल, भारत बिहार पुर्वी चम्पारण रतनपुर ठेगाना भएका १९ वर्षीय शिवम पाण्डे र वीरगंज महानगरपालिका–२४ ठेगाना भएका २० वर्षीय आकाश तिवारी रहेका छन् ।
वीरगंज महानगरपालिका–८ स्थित पार्कीङ गरी राखेको धोबिनी गाउँपालिका–४ लंगडी बस्ने रामबाबु कुमार गुप्ताको प्र.२–०३–००७ प १७६६ नम्बरको मोटरसाइकलमा मास्टर साँचोको प्रयोग गरी राम प्रवेशले चोरी गरी लाँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।
साथै थप अनुसन्धानको क्रममा उनीहरूले बिभिन्न मिति र स्थानबाट अन्य मोटरसाइकलहरू समेत चोरी गरेको खुल्न आएपछि उनीहरूले चोरी गरेको ना.५२ प ५०२४, ना.२७ प ७८४७, ना.११ प ११२१, ना.५३ प ७१०६, ना.३७ प ९८१८, ना.४६ प ८६२७ र प्र.०३–००८ प ७१८६ नम्बरको मोटरसाइकलहरू बरामद गरी उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरू उपर चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
तपाईको प्रतिक्रिया