ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

समाचार

मोरङ, १२ पुस । सुन्दरहरैचा नगरपालिका–८ स्थित सडकमा को.१ त ५७८३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

सोमबार राति दुर्घटना हुँदा ट्याक्टर चालक बेलबारी नगरपालिका–७ बस्ने ४० वर्षीय एकराज श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ