काठमाडौं, १२ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को २०७९ पुस ११ को सिफारिसमा पुस २५ गते सोमबार दिनको १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
तपाईको प्रतिक्रिया