कैलाली, १३ पुस । जिल्लाको गोदावरी नगरपालिका–२ बसपार्कस्थित होटलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने बस्तुसहित एकजना पक्राउ परेका छन् ।
९ केजी ३ सय ४० ग्राम सहित बझाङ् दुर्गाथली गाउँपालिका–७ काँडा बस्ने ३६ वर्षीय यम राज दौल्याललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले होटल तलासी गर्दा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया