रूपन्देही, १३ पुस । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बस्ने २४ वर्षीय सचिन थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित निर्माणधिन मेघा होटलको कम्पाउण्डभित्र थापाले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया